नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानिसको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडिएको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ । कुकृति र बिसँगतीले समाज जेलिएको छ । समाज कुसंस्कारमा रुमालियको छ । देशको मौलिकता,भेषभुसा,भाषा संस्कृतिलाई भुलेर बिदेशि संस्कारलाइ समाजमा भित्र्याउने प्रबितीले हाम्रो समाज पछि परेको छ । समाजमा धेरै किसीमका चुनौतिहरु आउने गरेका छन् ।
गुणस्तरीय शिक्षाको अभाव संगै अर्थिक समस्या समाजको मुख्य कारक तत्वका रुपमा देखा परेको छ । नपालको दुरदराज बस्तीमा सिटामोलको एक टुक्रा नपाएर जिवन र मृत्युसंग छटपटाइरहेका ति मानवरुपी अंगहरु अहिले पनि प्रस्ट हाम्रो आँखा अगाडी झल्कीरहेका छन् । समाजमा यस्तो खाले कालो पर्दा लागेको छ । दुरदराज बस्तीमा रहेका ति कलिला भाइबहिनीले अँझैपनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएका छैनन्,यस्ले गर्दा समाजमा रहेका जल्दाबल्दा युवा खाडि मुलुुकमा पलायन हुनुपरेको छ ।
यस्तो परिस्थीतिमा पनि सरकार टुलुटुलु हरेर बसेको छ । नेपालको संविधान २०७२ मा नागरीकको मौलिक हक अधिकार सम्वन्धी प्रष्ट पारेको छ । गास,बास,कपास जनाताको मौलिक अधिकार भित्र पर्दछ तर नेपालमा कतिपय दुरदराज बस्तीमा नागरीकलाई हात मुख जोड्न हाम्य हाम्य परेको छ । सामाजमा रोग र भोकमारीले जरा मौलाउँदा पनि सरकार आँखा चिम्लेर बसेको छ । नेपाल संघियता मा गइसकेपछि नेपाली लागरिकको ठुलो आसा र अपेक्षा थियो तर अहिले आएर त्यो सबै बालुवामा पानी खनायझैं भाको छ । यसप्रति सरकारको ध्यान जान जरुरि छ ।
समाजमा यसरी लागेको कालो पर्दालाई हटाउनका निमित्त बिश्वमा चर्चित कार्यक्रम एबिसी इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अतुलनिय भुमिका निभाउनु भएको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ । संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।
इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ । समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ । समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मुलन गर्नु नै समाज रुपान्तरण हो । कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्याक्तीत्व पनि हुनुहुन्छ । उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आउनुभएको छ ।
उहाँ आगलागी भएका बस्तीमा गएर राहत प्रदान गरेका जोलन्त उदाहरण छन् । बाढी पहिरोले उठिबास गरायका नाना,माना, छानाको खोजिमा छटपटायका दुखि गरीबको बस्तीमा पुगेर सहयोग गरेको यस्लाई पनि महान कार्यको रुपमा लिने गरीन्छ । जहाँ राज्य पनि अहिले सम्म पनि पुग्न सकेको छैन जहाँ कृष्ण कंडेल पुग्नुभएको छ । अशिक्षामा रुमालियका भाइबहिनी लाई इन्द्रेणीले सहयोग गर्दै आएको छ । यसरी हेर्दा बिश्व प्रशिद्ध कार्यक्रम इन्द्रेणीले सामाजिक रुपान्तरणमा सरकार पक्षलाई चुनौति दिएको पाइन्छ । त्यसकारण समाज रुपान्तरणमा कृष्ण कंडेलको अतुलनीय भुमिका रहेको पाइन्छ ।
https://youtu.be/oBGrNeWM2vc