नेपाल सुपर लिग (एनएसएल)को उपाधि भि’डन्त आज हुँदैछ ।

उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्र’तिस्पर्धा हुनेछ ।

खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ ।

काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई प’राजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे ।

धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने योजना सुनाउँदै जित आफ्नै पक्षमा हुने दाबी गरे । उनले अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलका साथ खेल्ने बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 127 Viewed

प्रतिक्रिया दिनुहोस्