गण्डकी प्रदेशको प्रमुखबाट हटा’इएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पदबाट ब’र्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद भनेका हुन्।

‘पदमुक्त भएकामा अत्यन्तै खुसी खुसी छु, त्यसका लागि राष्टपतिज्यूलाई मुरीमुरी धन्यवाद,’ उनले भने, ‘ओलीले सुरुमा गरेको प्रस्ताव अस्वी’कार गरेको पद थियो यो, पछि पार्टीको निर्णय मान्नुपर्ने बाध्यताले स्वी’कार गरेको पद हो यो। राष्टपतिज्यूलाई धन्यवाद छ।’

उनले आफू पदका लागि राजनीति गरेको व्यक्ति नभएको उल्लेख गर्दै कुनै बेला राष्ट्रपतिका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको सुनाए।

‘म पदका लागि राजनीति गरेको व्यक्ति होइन, पूर्वराष्ट्रपति रामवरण यादवपछि मलाई राष्ट्रपतिका लागि आएको प्रस्ताव अ’स्वीकार गरें, ज्ञानेन्द्र कालमा प्रधानमन्त्रीका लागि प्रस्ताव आउँदा ठाडै अ’स्वीकार गरें,’ शेरचेनले भने, ‘म निर्मल लामा, मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूसँग निकट रहेर सक्रिय राजनीतिमा जीवन समर्पित गरेको व्यक्ति हुँ, पदका लागि कुनै बार्गेनिङ गरिनँ।’

अन्तिम पटक अध्यावधिक गरिएको 205 Viewed

प्रतिक्रिया दिनुहोस्