नेपाली सिनेमा जगतकी नायिका प्रियंका कार्की आमा बन्दै छिन् । यो कुरा उनले केही दिन पहिले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै जानकारी गराएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा ‘बेबी बम्पु’ देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।


प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए । विवाहपश्चात उनीहरू भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् । प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । विवाह पछि भने उनी अभिनयभन्दा समाज सेवामा सक्रिय देखिँदै आएकी छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्