पोखरा । कास्कीमा २१ गतेबाट पुर्ण निषेधाज्ञा(लकडाउन) जारी हुने भएको छ ।

 

जिल्ला को’भिड सं’कट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा क’डाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश मंगलबारबाट लागु हुनेछ । बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेशमा खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय छ । यी पसलहरु पनि सीमित समयका लागि मात्र खुल्नेछन् । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन ।

यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको हो । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

निमार्ण सामग्री ढुवानी गर्ने सवारीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न पाउने प्रजिअ गौतमले बताए । प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

No description available.No description available.

अन्तिम पटक अध्यावधिक गरिएको 179 Viewed

प्रतिक्रिया दिनुहोस्