इनरुवामा को*रोना सं*क्रम’णका कारण आमापछि छोराको मृ*त्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा को*रोना सं*क्रमित भएकोमा आमापछि छोराको मृ*त्यु भएको हो। को*रोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृ*त्यु भएको थियो।

शनिबार भने ६४ वर्षीय छोराको मृ*त्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना सं*क्रमि’तको मृ*त्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृ*त्यु भइसकेको छ। कोरोना भा*इरसको म’हामा’रीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृ*त्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका कोरोना सं*क्रमि’तको मृ*त्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय सं*क्र’मित रहेका छन्।
(यो समाचार आजको नागरिक दैनिकमा छ )

अन्तिम पटक अध्यावधिक गरिएको 2764 Viewed

प्रतिक्रिया दिनुहोस्