सन्देश बराल ,पोखरा
राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश कार्यसमितिद्वारा आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक हजार थान माक्स र दश लिटर सेनिटाईजर हस्तान्तरण गरिएको छ।

May be an image of one or more people, people standing and outdoors

मास्क तथा सेनिटाईजर हस्तान्तरण कार्यक्रममा बोल्दै संगीतकर्मीसंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतमले कोरोनाको यो बिषम परिस्थितिमा अग्रपंक्तिमा रहेर खटिएका प्रहरीहरु सुरक्षित भए मात्रै आम नागरिक सुरक्षित हुने भन्दै प्रहरीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै कोभीड १९ को लडाईमा संगीतकर्मीहरु पनि सगै छौं भन्ने सन्देश दिएको बताएका छन् ।

May be an image of 1 person, standing and outdoors

कार्यसमितिका पदाधिकारीहरुद्वारा नै रकम संकलन गरी सामाग्री खरिद गरेको बताउदै गौतमले आगामी दिनमा संगीतकर्मीहरुलाई पर्ने अप्ठयारोमा संस्थाले सक्दो सहयोग गर्ने पनि बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले संगीतकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै गण्डकी प्रदेश प्रतिआभार ब्यक्त गरेका थि। साथै गीतसंगीतका माध्यमबाट सामाजिक सञ्जालको प्रयोग मार्फत भएपनि समाजमा कोरोना सम्बन्धि जनचेतना फैलाएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

May be an image of 2 people, people standing and outdoors

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव उपनिरिक्षक तथा प्रबक्ता सुबास हमाल ,प्रहरी निरिक्षक खगेन्द्रअधिकारी लगायतका अन्य प्रहरी अधिकारीहरुको बाक्लो उपस्थित थियो भने संघका पदाधिकारीहरुको पनि उल्लेखिय उपस्थिति रहेको थियो।

May be an image of one or more people, people standing, tree and outdoors

कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव बालकृष्ण वाग्ले गरेका थिए ।कार्यक्रमको संयोजन एबम ब्याबस्थापन संस्थाकी उपाध्यक्ष एबम स्वस्थ्य एबम वातावरण बिभाग प्रमुख किरण शर्माले गर्नु भएको थियो

अन्तिम पटक अध्यावधिक गरिएको 230 Viewed

प्रतिक्रिया दिनुहोस्