पोखराका बिभिन्न अस्पतालमा उपचार गराई राख्नु भएका दुई जना कोरोना सं‘क्रमितको मृ’त्यु भएको छ भने मुस्ताङमा एक महिलाको मृ’त्यु भएको छ । आज मात्रै गण्डकीमा थप २७४ जनामा को’रोना सं’क्रमण पुस्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर ६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा हिजो राति उपचारको क्रममा मृ’त्यु भएको हो । उहालाई यहि बैशाख १५ गते कोरोना सं’क्रमण पुष्टि भएको थियो।

स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका–५ का ६२ वर्षीय को’रोना सं’क्रमित पुरुषको पनि मणिपाल अस्पतालमा उपचारको क्रममा पोखरामा मृ’त्यु भएको छ । उहाँलाई बैशाख ५ गते को’रोना सं*क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी मुस्ताङ जिल्लाको घरपोङ गाउँपालिका वडा नं -४ निवासी ७२ वर्षीया सं’क्रमित महिलाको बिहीबार राति ९:४५ बजेको समयमा जिल्ला अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो । उहालाई यहि बैशाख १६ गते बिहिबार को’रोना सं*क्रमण पुष्टि भएको थियो। मृ’तक महिला उच्च रक्तचाप र सुगरका समेत विरामी रहेको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ।
.

गण्डकी प्रदेशमा कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या २२४ पुगेको छ भने हालसम्म गण्डकी प्रदेशमा सं*क्रमितको संख्या १८६४५ जना पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

No photo description available.
May be an image of calendar
May be an image of text
अन्तिम पटक अध्यावधिक गरिएको 419 Viewed

प्रतिक्रिया दिनुहोस्