पछिल्लो समय निकै चर्चा कमाएकी अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छिन् । उनले चलचित्र निर्माता रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी हुन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बैशााख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरे पनि आज इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले यसै बर्ष विवाह गर्ने तयारी गरेको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिर पोस्ट गर्दै अभिनेत्री सुपुष्पाले यो खबर सार्वजनिक गरेकी हुन् ।

निर्माता कँडेलले ‘कबड्डी १’ र ‘झोले २’ निर्माण गरेका थिए । सुपुष्पाले रणवीर ‘छ माया छपक्कै’ र ‘चपली हाइट २’ मा काम गरेकी थिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 254 Viewed

प्रतिक्रिया दिनुहोस्