पोखरामा चिकित्सकको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेच्ने औषधी पसललाई शि’ल गरिएको छ।

बैसाख १३ गते एक बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको आयुर्विदिक फार्मेसी कार’वाहीमा परेको हो।

जिवन सुनारको नाममा रहेको आयुर्वेद फार्मेसीमा बिगत केही समयदेखि चिकित्सकको प्रे’स्कृप्सन बिना बेच्न नहुने औषधी बेचबि’खन गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष, स्वास्थ्य कार्यालयका प्रतिनिधि समेतको टोली अनुगमनमा जादा चिकित्सकको प्रे’स्कृप्सन बिना औषधी बेचेको पाइएको थियो।

यसैगरी अनुगमन गर्दै जादा उक्त पसल सम्बन्धित संचालक बाहेक अर्कै व्यक्तिले संचालन गरेको पनि पाईएको थियो। तत्काल नै अनुगमनमा गएको टोलीले उक्त औषधी पसल शि’ल गरेको छ र यस सम्बन्धमा बिस्तृत रुपमा अ’नुसन्धान भैरहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्