पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित भकुण्डेमा बिद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

शान्ता भलिवल ट्रेनिङ सेन्टरको आयोजना, भकुण्डे युवा मञ्चको सहयोगमा वैशाख १ गते देखि संचालन भएको छात्र÷छात्रा बिद्यालय स्तरिय भलिवल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ ८÷८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक दीनेश प्रसाद चौधरीले समय नेपाललाई जानकारी दिएका छन्।

आज शनिबार सम्पन्न भएको बिद्यालय स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ शान्त मावि र छात्रा तर्फ जनप्रिय माविले उपाधि जित्न सफल भएको छ ।

शान्त माविको आफ्नै भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा शान्त माविले कृष्तीको भविश्य निर्माण माविलाई ३—० को सोझो सेटमा पराजित गर्दै प्रथम पुरस्कार १८ हजार नगद , ट्रफी ,शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उपविजेता समूह भन्दै भविश्य निर्माण माविले १२ हजार नगद, ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रेफ्रिलाई वल हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस्ता प्रतियोगिताले प्रवर्द्धन गर्ने बताएका छन् ।

त्यस्तै छात्रा तर्फको फाइनल खेलमा जनप्रिय माविले धादिङको कालिका आधारभूत बिद्यालयलाई ३—२ को सेटमा पराजित गर्दै प्रथम पुरस्कार नगद १२ हजार ,ट्रफी मेडल र प्रमाण पत्र जित्न सफल भएको छ भने उपविजेतासमुह कालिका आधारभूत बिद्यालयले ८ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा छात्र तर्फ भद्रकालि मावि तेश्रो, छोरोपाटन मावि शान्त्वना भएको छ भने छात्रा तर्फ शान्त मावि ए तेश्रो, सिद्ध वराह शान्त्वना भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 92 Viewed

प्रतिक्रिया दिनुहोस्