नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सं’क्रमणका घटना बढ्दै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन नेपालमा कोरोना भाइरसका ६ सय ३ जना सं’क्रमित थपिएका छन्। यो संख्या पछिल्ला दिनहरुको भन्दा धेरै हो।

आज ४ हजार २ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ६ सय ३ जनामा सं’क्रमण पु’ष्टि भएको मन्त्रालयले जनाएको छ।

बुधबार २४ घन्टामा काठमाडौ उपत्यकमा मात्र २५४ जना सं’क्रमित थपिएका छन्।

थपिएका सं’क्रमित मध्ये काठमाडौमा १७३, भत्तपुरमा २० र ललितपुरमा ६१ जना रहेका छन् । त्यसैगरी, आज १३९ जना सं’क्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३०५३ वटा नमुना परीक्षणमा १५३६ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । त्यस्तै ४२० जना सं’क्रमणमुक्त भएका छन् ।

हाल देशभर ४०५६ सक्रिय सं’क्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 171 Viewed

प्रतिक्रिया दिनुहोस्