कोरोना भाइरस (कोभिड १९) सं’क्रमणको दोस्रो लहर फैलिने जो’खिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि ब’न्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि ब’न्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना सं’क्रमण फैलिने जो’खिम कम गर्न विद्यालय ब’न्द गर्नुपर्ने सुझावसहित कोभिड १९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए ।

काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि ब’न्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए ।

फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको सं’क्रमण देखिन थालेको मन्त्रालयले जानकारी दिएको छ । नयाँ भेरियन्टको कोरोना सं’क्रमण दर समेत पुरानोभन्दा बढी रहेको र १८ वर्षमुनिका बालबालिकामा समेत सजिलै सर्नसक्ने भएकाले विद्यालय ब’न्द गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले गरेको सिफारिसका सन्दर्भमा सीसीएमसीले कुनै ठोस निणर्य भने गरिसकेको छैन ।

छिमेकी राष्ट्र भारतमा कोरोना सं’क्रमण दर बढ्न थालेदेखि नै नेपालमा विद्यालय ब’न्द गर्नुपर्ने भनेर आवाज उठ्दै आएको छ । तर, सरोकारवालाहरुले भने तत्काल पठनपाठन ब’न्द नगर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 144 Viewed

प्रतिक्रिया दिनुहोस्