पोखरा ।। कास्कीमा ३४ जनासहित गण्डकीमा थप ३९ जनामा कोरोना सं’क्रमण थपिएका छन्।

कास्की जिल्लाको पोखरा महानगरपालिकामा ३१ जना ,अन्नपुर्ण गाउपालिकामा ३ जनासहित गण्डकी प्रदेशमा थप ३९ जनामा आज कोरोना सं’क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङमा २ जना र पर्बतमा १ जना र स्याङ्जामा २ जनामा पनि सं’क्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आज जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं १ मा २ जना , वडा नं २ मा १ जना, वडा नं ३ मा २ जना , वडा नं ५ मा २ जना ,वडा नं ६ मा ३ जना , वडा नं ७ मा २ जना ,वडा नं ८ मा ५ जना ,वडा नं १६ मा ३ जना ,वडा नं १७ मा २ जना , वडा नं २२ मा १ जना ,वडा नं २६ मा २ जना , वडा नं ३० मा ३ जना , वडा नं ३२ मा २ जना , वडा नं ३३ मा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना सं’क्रमितको कूल संख्या १६९०७ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 141 Viewed

प्रतिक्रिया दिनुहोस्