फागु पुर्णिमाको पन्चमीको अवसर पारेर आयोजित दोश्रो पन्चमी मेला २०७७ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
चैत २० गते देखि स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका वड न ४ -ओरष्टेको चिरडाडा पन्चमी मेला तथा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । बाहिरको २८ टिम र आफ्नै गाउको ७ टिम गरि कुल ३५ टिमको सहभागिता रहेको थियो ।

गाउँलाई खेलको माध्यमबाट चिनाउने उद्देश्यका साथ संचालन गरिएको कार्यक्रमको समापनमा प्रमुख अतिथीको रुपमा बिरुवा गाउँपालिकाको अध्यक्ष चुन प्रसाद शर्मा हुनुहुन्थ्यो । प्रमुख अतिथीको मन्तब्बे राख्दै शर्माले गाउँमा राम्रो कामको थालनी भएकोमा राङखोला दिएका थिए ।

२० गते देखि संचालित खेलमा मुख्य रेफ्रीको भुमिकामा राष्ट्रिय भलिबल रेफ्री अर्जु थापा र रिम गुरुङ हुनुहुन्थ्यो।No description available.

आज सम्पन्न फाईनल खेलमा सोजो २ सेट जित्दै बिजेता समूह राङखोलाले प्रथम पुरस्कार नगद ५०००० ,ट्रफी र मेडल जित्न सफल भएको छ । यस्तै उप बिजेता आयोजक “A “समूहले दोश्रो स्थान हासिल गर्दै दोश्रो पुरस्कार नगद ३५०००,मेडल र ट्रफी जित्न सफल भएको छ भने तेश्रो स्थान हासिल गर्दै मोहोरियाले २०००० नगद ,मेडल र ट्रफी प्राप्त गर्न सफल भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 317 Viewed

प्रतिक्रिया दिनुहोस्