शुक्रबार पोखरामा ३६ जनामा कोरोना पुष्टि भएको छ ।

आज कास्कीका १८३ जनाको परीक्षण गर्दा पोखरा महानगरका विभिन्न वडाका ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । यस्तै आज नै बाग्लुङ जिल्लाका ६ जनाको परीक्षण गर्दा बाग्लुङ नगरपालिका -१ का ३ जना र म्याग्दी जिल्लाका ४ जनाको परीक्षण गर्दा जलजला गाउँपालिका -७ का १ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका ४० संगै गण्डकीमा कोरोना सं’क्रमितको कूल संख्या १६ हजार ८ सय ६८ पुगेको छ । पछिलो २४ घण्टामा गण्डकीबाट ३० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार २ सय ४५ पुगेको छ भने,कोरोना सं’क्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्या’न गु’माइसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 131 Viewed

प्रतिक्रिया दिनुहोस्