लमजुङ्ग : यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ ।
वैदेशिक रोजगार, असुरक्षित यौ’न सम्पक, यौ’न शिक्षाको कमी, एक भन्दा बढीसँग यौ’न सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो ।
नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ ।
यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् । यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताउनुभयो ।
यो पनि पढौ :
भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ ।
कुल सङ्क्रमित मध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ ।