काठमाडौं महानगरपालिका-७ बस्ने सन्तोषी सुव्वाको ह’त्या गरेको अभि’योगमा दक्षिणकाली नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनालाई बुधबार प्रहरीले प’क्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मंदिर परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्ष’तविक्षत रहेको अवस्थामा मंगलबार श’व फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अ’पराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लु’कीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी इनबहालबाट फेला पारी प’क्राउ गरेको हो ।

सन्तोषी सुब्बाले असार ६ गते सुरेशसँग खाने र बासको स’मस्या भएको बताए पश्चात निजले काम गर्ने बसमा उक्त व्यवस्था मिलाईदिन्छु भनी घटनास्थलतर्फ लगी ज’बरजस्ती गर्ने क्रममा प्र’तिकार गरेपछि सुरेशले घाँटी थि’ची सलले घाँटीमा बेरी ह’त्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्र’हार गरी फ’रार भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, सन्तोषीको मोबाईल, मेमोरी कार्ड लगायतका सामानहरू समेत प्रहरीले ब’रामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्