गोरखा । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट ल’डेर मृ’त्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको श’व निकाल्न क’ठिनाइ भएको छ ।

बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको श’व चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।

बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भी’रबाट खसेका थिए । गुरुङको श’व मौसम खबरीका कारण निकाल्न क’ठिनाइ भएको उनले बताए ।

परिवार र लाप्राकबासीले खोचबाट श’व निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन् । माथि ल्याउन दुई पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिए । गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए । उनीहरुको भने असार ७ गते हेलिकप्टर मार्फत उ’द्धार गरिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 97 Viewed

प्रतिक्रिया दिनुहोस्