पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २९ हजार ४३१ र एन्टिजेनबाट २९ हजार ९३४ जना पुगेको छ ।

यस्तै, आज थप २५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । निको हुनेको दर ९०.७ प्रतिशत छ ।

आज संक्रमणबाट थप २४ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्या’न गु’माउनको कुल संख्या ८ हजार ९१८ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 59 Viewed

प्रतिक्रिया दिनुहोस्