पोखरा : पोखराका अस्पतालहरुमा उपचाररत ७ जना सहित गण्डकीमा पनि आज ९ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृ’त्यु हुने जिल्लाहरु आज ४ रहेको छ। कोरोनाबाट कास्की जिल्लामा ४ जना , स्याङ्जा जिल्लामा २ जना, नवलपरासी जिल्लामा १ जना ,तनहु जिल्लामा २ जना को कोरोना संक्रमणबाट नि’धन भएको हो।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ९१४ पुगेको छ ।

यस्तै , आज कास्कीमा ११८ सहित गण्डकीमा ३२१ जनामा संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त ५४० जना भएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 100 Viewed

प्रतिक्रिया दिनुहोस्