कपिलवस्तु । युवकको ह’त्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जना पक्रा’उ गरेको छ ।

कपिलवस्तु नगरपालिका-८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको ह’त्या गरेको अ’भियोगमा ३ जनालाई मंगलबार प्रहरीले प’क्राउ गरेको हो । प’क्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार रहेका छन् ।

सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृ’त अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अ’नैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कु’टपिट गरेको, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनै जना मिलेर घाँटी क’सी तथा कु’टपिट गरी ह’त्या गरेपश्चात पोखरीमा श’व फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 83 Viewed

प्रतिक्रिया दिनुहोस्