कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृ’त्यु भएको छ ।

बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृ’त्यु भएको परिवारजनले जनाएका छन् ।

आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृ’त्यु भएको हो ।

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृ’त्यु भएको हो ।

यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृ’त्यु भएको छ ।

श्वासप्रश्वासमा सम’स्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृ’त्यु भएको परिवारजनले जनाएका छन् ।

भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट शुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

उहाँले बा’ढीपहिरोको जो’खिम र कोभिड–१९ को सङ्क्रमणको च’पेटामा परेकाले आगामी वर्ष यसलाई मुख्य प्राथमिकतामा राखिने बताउनुभयो । “बा’ढीपहिरोले भौतिक पूर्वाधारहरूमा क्ष’ति पु¥याएको छ, यसको समाधानका लागि बढी प्राथमिकता दिनेछौंँ”, घलेले भन्नुभयो ।

बा’ढीपहिरोले एक गाउँ वा बस्तीबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था नरहेकाले भर्चुअल माध्यमबाट गाउँसभा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । एकै स्थानमा जमघट हुने अवस्था नहुँदा वडा–वडा तथा सहज हुने स्थानबाट नै वडाध्यक्ष तथा वडासदस्यहरु, कार्यपालिका सदस्यहरुबीच भर्चुअल माध्यमबाट नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिने भएको छ ।

ढकालका अनुसार आगामी वर्ष परिणाममुखी भन्दा पनि विपद्को व्यवस्थापनलाई जोड दिइनेछ । नीति तथा कार्यक्रममा विपद्बाट क्ष’ति भएका भौतिक पूर्वाधार र कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष महत्व दिइनेछ ।

अन्य स्थानीय तहमा भने गाउँसभा नहुने भएको छ । मस्र्याङ्दी नदीमा आएको बा’ढीले सदरमुकामस्थित चामे गाउँपालिका, नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको गाउँसभा हुने छैन । मस्र्याङ्दीमा आएको बा’ढीले सबैभन्दा बढी नासों गाउँपालिकामा क्ष’ति पुगेको छ । बा’ढीले गाउँपालिकाको भवन बगाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 95 Viewed

प्रतिक्रिया दिनुहोस्