खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आग’जनी र तो’डफोड गर्ने दुई युवालाई प्रहरीले प’क्राउ गरेको छ ।

यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आ’गजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तो’डफोड गर्नेलाई गए राति प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

आग’जनी र तो’डफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्ष २८ का पदमबहादुर कार्की र अर्का सोही ठेगाना भएका वर्ष ३० का लक्ष्मण खत्री रहेका छन् । अभियुक्तद्वयले उक्त वडाका स्थानीयको मोटरसाइकलमा क्ष’ति पुराएको भन्दै पी’डितले प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

रातको समयमा मा’दक पदार्थ सेवन गरी उक्त घटना गर्ने अभियुक्तलाई आज जिल्ला अदालतबाट मुलुकी अप’राध संहिताअनुसार आ’पराधिक उ’पद्रव मु’द्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताउनुभयो ।

मुलुकी अ;पराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आ;पराधिक उप;द्रव गरेको ठहरिएमा तीन वर्ष कै;द, रु तीस हजारसम्म ज;रिवाना साथै हा;नी नो;क्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 81 Viewed

प्रतिक्रिया दिनुहोस्