म्याग्दी : बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बे;पत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बे’पत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो ।

असार ७ गते कुश्माबाट प’क्राउ परेका बानियाले व्यक्तिगत रि’सइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आ’क्रमण, कु’टपिट गरी म्याग्दी नदीमा ब’गाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । “आ’रोपीले अ’चेत अवस्थामै म्याग्दी नदीमा ब’गाइदिएको प्रारम्भिक बयान दिएका छन”, उहाँले भन्नुभयो, “खोलामा बगा’इएको कार्कीको श’व भेटिएको छैन ।” आ’रोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपा’ङ्गता स्रोतकक्षाकी कर्मचारी हुन् ।

विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बे’पत्ता कार्यमा संलग्न बानियाँसमेत बस्दै आएका थिए । बेप’त्ता कार्की र आ’रोपी बानियाबीच यसअघि वि’वाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ ।

प्रहरीले घटनाको थप प्रमाण जुटाएर ह’त्या गरी बे’पत्ता बनाएको कसुरमा मु’द्दा चलाउने जनाएको छ । कार्कीमाथि आ’क्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 97 Viewed

प्रतिक्रिया दिनुहोस्