पर्वत : कोदालोले हा’नेर श्रीमतीको ह’त्या गर्ने पुरुष प’क्राउ परेका छन्।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हा’नेर ह’त्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको ह’त्या गरेका हुन् । सार्कीले यही असार ४ गते मा’दक प’दार्थ सेवन गरी ग’म्भीर घा’इते हुने गरी कोदालोले कु’टपिट गरेका थिए । घा’इते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

श्रीमतीको कु’टपिटबाट मृ’त्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई प’क्राउ गरेको छ । अभियुक्त सार्कीविरु’द्ध ज्या’नसम्बन्धी कसुरमा मृ’तकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिनुभएको छ ।

सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिनुभयो । मृ’तक नेपालीका दुई छोरी र तीन छोरा छन् । आमाको ह’त्या र बाबु प’क्राउ परेपछि साना बालबालिकाको बिच’ल्ली भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्