मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा र बागमती प्रदेश, पर्दश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखी मध्ययम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहिबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मे’घगर्जन/च’ट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

राती ; देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मे’घगर्जन/च’ट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

शुक्रबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मे’घगर्जन/च’ट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानमा मे’घगर्जन/चट्ट’याङ्गसहित भारी वर्षाको सम्भावना छ।

शनिबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मे’घगर्जन/चट्ट’याङ्गसहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एकरदुई स्थानमा मे’घगर्जन/चट्ट’याङ्गसहित भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जो’खिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 89 Viewed

प्रतिक्रिया दिनुहोस्