सैनिक विमान दु’र्घटनाग्रस्त हुदा १२ जनाको मृ’त्यु भएको छ ।

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दु’र्घटनाग्रस्त भएको हो ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दु’र्घटनाग्रस्त भएको थियो ।

उनले खोज तथा उ’द्धारको कार्य जारी रहेको जानकारी दिए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृ’त्यु भएको जनाइएको छ ।

सेनाका अनुसार दुई जनालाई उ’द्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 178 Viewed

प्रतिक्रिया दिनुहोस्