नेपालमा पछिल्लो २४ घण्टामा  ३७४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २८७४ र एन्टिजेन विधिबाट ८७५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १ हजार ६८७ र एन्टिजेनबाट १७ हजार ७१४ जना पुगेको छ ।

यस्तै, आज थप ५ हजार २९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । निको हुनेको दर ८५.७ प्रतिशत छ ।

आज संक्रमणबाट थप ५९ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्या’न गु’माउनको कुल संख्या ८ हजार २३८ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 60 Viewed

प्रतिक्रिया दिनुहोस्