रुपन्देही ।। लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक ह’त्याको आ’रोपमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प’क्राउ गरेको छ ।

वडा नं ४ मा चो’टपटक लागेको अवस्थामा मृ’त फे’ला परेका ३५ वर्षीय महेन्द्र यादवको ह’त्यामा संलग्न रहेको अ’भियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई प’क्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको श’व फेला पारेको थियो । टाउको, छाती, घाटी र गु’प्ताङ्गमा धा’रिलो ह’तियार प्र’हार गरी शरीरका विभिन्न भागमा रगतले ल’तपतिएको अवस्थामा प्रहरीले श’व फेला पारेको थियो ।

उनीहरुबाट ह’त्यामा प्रयोग भएको धा’रिलो ह’तियार (फलामको दाउ) एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण ब’रामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिनुभयो ।

पुरानो रि’सिइबीका कारण ब’दला लिने सोचले योजनाबद्धरूपमा यादवको ह’त्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार प’क्राउ गरिएका अ’भियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
–––

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्