भा’री व’र्षाका कारण घर भ’त्किँदा ९ जनाको मृ’त्यु भएको छ ।

भारतको मुम्बईमा बुधबार राति भारी वर्षाका कारण एक आवासीय भवन भ’त्किँदा ९ जनाको मृ’त्यु भएको हो । अन्य मानिस पुरिएको आशं’कामा उ’द्धार प्रयास जारी छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति करिब ११ बजेतिर आवासीय चारतले भवन भ’त्किएको हो।

बृहन्मुम्बई नगरपालिकाका अनुसार मलाडको कलेक्टर कम्पाउन्डमा घर भ’त्किँदा अहिलेसम्म ९ जनाको श’व फेला परेको छ भने ८ जना ग’म्भीर घा’इते भएका छन्।

डीसीपी साउथ जोन विशाल ठाकुरका अनुसार अहिलेसम्म महिला तथा बच्चा गरी १५ जनाको उ’द्धार गरिसकिएको छ। भवनले अरू मानिस पनि थिचिएको आशं’कामा उ’द्धार जारी छ।

आसपासका अन्य ३ भवनको अवस्था पनि जो’खिमपूर्ण भएकाले त्यहाँका मानिसलाई अन्यत्र सार्ने क्रम चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सांकेतिक तस्बिर

यो पनि पढौ :

केही दिनयता घट्दै ग’म्भीर संक्रमित

कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा ग’म्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जो’खिम कायम रहेको भन्दै हे’लचेक्र’याईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 258 Viewed

प्रतिक्रिया दिनुहोस्