पोखरा ।। गण्डकीमा आज कोरोना संक्रमण पुस्टि भएका भन्दा तेब्बर कोरोना संक्रमण मुक्त भै घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोना संक्रमण मुक्त १७३३ जना भएका छन्। येस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्मको ४०८५३ जना रहेका छन्।

आज कास्कीमा ९१ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै गण्डकी प्र्देशभर ६६३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

आज थपिएका कोरोना संक्रमितहरु मुस्ताङ्गमा ११ जना , म्याग्दीमा १७ जना ,पर्बत जिल्लामा ३९ जना,गोर्खामा ८६ जना , लम्जुङ्ग जिल्लामा ८९ जना , तनहु जिल्लामा ६९ जना , कास्की जिल्लाको ९१ जना , बाग्लुङ्ग जिल्लामा ६० जना , स्याङजाका ५१ जना र नवलपरासी पूर्वका १५० जना रहेका छन्।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८४७२ पुगेको छ।

आज पोखरामा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।

आज गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ५ जिल्लाका संक्रमितको नि’धन भएको छ। कास्की जिल्लाका २ जना, पर्बत जिल्लाका १ जना , तनहु जिल्लाका २ जना, नवलपुर जिल्लाका ३ जना र म्याग्दी जिल्लाका २ जना रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ७९९ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 134 Viewed

प्रतिक्रिया दिनुहोस्