सार्वजनिक स्थलमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई थ’प्पड हा’न्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दक्षि फ्रान्सको भ्रमणमा रहेका उनलाई अभिवादन गर्ने क्रममा एक व्यक्तिले थ’प्पड हा’नेका थिए ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । राष्ट्रपति माक्रोँले दक्षिणी फ्रान्सको भ्रमणका क्रममा त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर भी’डलाई अभिवादन गर्दै एक पुरुषको नजिक पुगेका थिए ।

भिडियो फुटेजका अनुसार उनले ती पुरुषसँग बोल्न खोज्दै हात मिलाउन खोज्छन् । तर ती पुरुषले उनको गा’लामा चड्क’न ल’गाउँछन् ।

लगत्तै ती पुरुषलाई सुरक्षाकर्मीले नियन्त्रण गरेको देखिन्छ भने राष्ट्रपतिलाई तुरुन्तै सुरक्षित स्थानतिर लगिएको छ ।

हालसम्म ती पुरुषले माक्रोँलाई किन थ’प्पड हा’ने भ’नेर प्रष्ट खुलिसकेको छैन । तर उनले भी’डमा पहिले नै ‘मोंजुवा सान्ट डेनी’ भनेर चि’च्याएका थिए ।

त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ । सो घ’टनापछि दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्