पोखराको बाग्लुङ बसपार्क अगाडी देखि पोखरा महानगरपालिका वडा नम्बर १८ मेथ्लाङ जाने सडकमा गण्डकी निर्माण समन्वय प्रालिको (आरएमसी) रेडीमिक्सचर अनि’यन्त्रित भई दु’र्घटना हुँदा सहचालकको मृ’त्यु भएको छ भने चालक ग’म्भीर घा’इते छन्।

सराङकोट देखि पोखरा झ’र्दै गरेको ग १ ख ३१८७ नम्बरको रेडीमिक्सचर विहान १० बजेको समयमा अनि’यन्त्रित भई दु’र्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका २९ वर्षीय अनिरोध थापाको ज्या’न गएको हो । त्यस्तै काठमाडौंँ कोटेश्वरका ३५ वर्षीय चालक राजन ठकुरी घा’ईते भएका छन् । टाउकोमा चो’ट लागेका घा’ईते ठकुरीको फिस्टेल अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार दु’र्घटनामा परेका सहचालक थापालाई मिक्सचरले च्या’पेको र उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउदा डाक्टरले मृ’त घोसणा थिए।

यो पनि पढ्नुहोस

जङ्गली वि’षालु च्याउ खाँदा दुईको मृ’त्यु

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको वि’षालु च्याउ खाँदा मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्या’उ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृ’त्यु भएको हो ।

वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत वि’षालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 90 Viewed

प्रतिक्रिया दिनुहोस्