पोखरा ।। आज पोखरामा उपचाररत ९ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।

आज गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ६ जिल्लाका संक्रमितको नि’धन भएको छ। कास्की जिल्लाका ३ जना, पर्बत जिल्लाका २ जना , तनहु जिल्लाका १ जना, नवलपुर जिल्लाका १ जना ,स्याङ्जा जिल्लाका २ जना लमजुङ्ग जिल्लाका १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ७८९ पुगेको छ ।

No photo description available.

गण्डकीमा आज कोरोना संक्रमण पुस्टि भएका भन्दा दोब्बर कोरोना संक्रमण मुक्त भै घर फर्केका छन् ।

आज कास्कीमा २३२ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै गण्डकी प्र्देशभर ५१८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

आज थपिएका कोरोना संक्रमितहरु मुस्ताङ्गमा १ जना , म्याग्दीमा १५ जना ,पर्बत जिल्लामा ८७ जना,गोर्खामा १०६ जना , लम्जुङ्ग जिल्लामा १२ जना , तनहु जिल्लामा ५ जना , कास्की जिल्लाको २३२ जना , बाग्लुङ्ग जिल्लामा १७ जना , स्याङजाका १२ जना र नवलपरासी पूर्वका ३१ जना रहेका छन्।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७८०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोना संक्रमण मुक्त १०७३ जना भएका छन्। येस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्मको ३९१२० जना रहेका छन्।

 

May be an image of text

अन्तिम पटक अध्यावधिक गरिएको 237 Viewed

प्रतिक्रिया दिनुहोस्