नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाउनुभएको छ ।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताउनुभयो । बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये का’रवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नुहुनेछ । कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

यो पनि पढ्नुहोस
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खा’स्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई ब’र्खास्त नगरेसम्म सदनका काम का’रबाही अघि बढ्न नदिने अडान राखेको हो ।

बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आप’त्तिजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई ब’र्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई ब’र्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरु’द्व पारेका थिए ।

सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम का’रबाही अघि बढ्न दिन आग्रह गर्नुभएको थियो । एमालेले बैठक अवरु’द्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो । बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई ब’र्खास्त गर्न माग गर्नुभयो । साथै उहाँले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गर्नुभयो । उहाँले आफ्नो धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरु उठेर बैठक अवरु’द्व पारेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ ।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने क्रममा एमालेबाट निर्वाचित थापाले ‘फ्लोर क्रस’ गर्नुभएको थियो । एमालेबाट नि’ष्काशित थापा लगत्तै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई किर्ते जालसाजीसम्बन्धी अभि’योगमा तत्कालीन जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले दो’षी ठ’हर गरेको मु’द्दा हालै सार्वजनिक भएको हो । मन्त्री थापाविरु’द्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जेठ ३० गते सुनुवाइ हुँदैछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 88 Viewed

प्रतिक्रिया दिनुहोस्