रेखा पौडेल ,पोखरा

पोखरामा आइतबार देखि मुख्य बजारहरुमा मानिसहरुको भि’ड बढेको छ ।

No description available.

कास्की प्रशासनले लकडाउनको अवधी थप गरेको भएपनि पछिल्लो दिनहरुमा पोखरामा सवारी साधनको भि’ड रहेको छ ।मानिसहरु बिभिन्न काम देखाउदै घरबाट निस्कन थालेका छन् । बिहानको समयमा फुटपाथमा ब्यापार गर्नेको संख्या पनि बढ्दै गएको छ भने दिउसोको समयमा बैकिङ् कारोबारको लागि निस्कने मानिसहरुको भिड बढ्न थालेको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधनको पास चेकजाच गर्ने क्रममा केहि सवारी साधनलाई का’रवाही गरेको भएपनि त्यति प्रभावकारी देखिएको छैन । बिगत केहि दिन देखि संक्रमितको संख्या घट्दै गएको भएपनि तत्काल बजार खुलाउन मिल्ने अवस्थामा नरहेको बिज्ञहरु बताउछन ।

No description available.

कास्कीमा रहेका बैकहरुमा पनि सेवाग्राहीहरुको अत्याधिक रुपमा भिडभाड देखिन थालेको छ । मानिसहरु सामाजिक दुरी बिना नै लामो लाईन बनाएर बैक अगाडी आफ्नो पालो कुर्दै बसिरहेको देखिएको छ । प्रशासनले अतिआवशयक बाहेकका काममा निस्कनेलई कार’वाही गरिने बताएता पनि बजारमा देखिएको भिडले कास्की प्रशासन माथि नै प्रश्न सृजना गरेको छ ।

हेर्नुहोस तलको भिडियो आईतबार कास्कीको न्युरोडमा देखिएको सवारी साधनको भिड

पछिल्लो २४ घण्टामा नेपालभरी निषेधाज्ञा उल्लं’घन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा राखेको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उ’ल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २५ वटा गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

No description available.

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जो’खिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ५५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार ८ सय ७४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

No description available.

कोभिड-१९ रो’कथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उ’ल्लंघन गर्ने ६ सय १० जनालाई कोभिड-१९ स’ङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६१ हजार ४ सय रुपैयाँ ज’रिवाना गरिएको छ । सो क्रममा ३ हजार ६ सय ३५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ४ सय ८९ जनालाई सचेत गराइएको छ ।

No description available.

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1667 Viewed

प्रतिक्रिया दिनुहोस्