अभिनेत्री प्रियंका कार्कीले सरकारप्रति आ’क्रोश व्यक्त गरेकी छन् । कोरोना महा’मारीलाई वेवास्ता गर्दै सरकार चुनावतर्फ लागेको भन्दै आ’क्रोश व्यक्त गरेकी हुन् ।

उनले अहिलेको अवस्थामा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत् कार्कीले नेपाल सरकारलाई अनुरोध गर्दै अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।

‘आँखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेर्नुस् ! अहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिँदैन ! यो अहिले प्राथमिकतामा पर्दैन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ? कार्कीले लेखेकी छन् ।

सरकार बुझ पचाएर बसेको भन्दै उनले आ’क्रोश व्यक्त गरेकी छन् । ‘हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बढिरहेका छन्, अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लगाउन पाएको छैन, निषेधाज्ञा चलिरहँदा जनताले दुइ छाक खान पाएका छैनन्, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन् जून काम खासमा यो सरकारको हो !’, कार्कीले लेखेकी छन्, ‘यो सब देख्दा देख्दै पनि अहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्ने ? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसंग नज़र मिलाउन सक्छौ ए सरकार ? राति निंद्रा राम्रो लाग्छ ?’

उनले देश हाँ’क्ने शक्ति, देशलाई प्रगति र उन्नतीको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न पनि गरेकी छन् ।

यिनले सामाजिक संजालमा लेखेकी छन् :

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्