चर्चित युवा स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रालाई पितृ शोक परेको छ । उहाँका पिता विनोद मिश्राको उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि विनोदलाई मिर्गौलाको समस्या थियो ।

विनोद बाराको जीतपुरस्थित नगौल निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । आदर्शले केही दिन ट्वीट गर्दै मृगौला दाता भारतीय भएकै कारण प्र’त्यारोपण नभएको आ’रोप लगाउनु भएको थियो ।

विनोदकी श्रीमती भारतीय भएको र जेठीसासुले मृगौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख छ । आज बिहान मात्रै आदर्शले आफ्नो बुवा गु’माउन नचाहेको र नेपाल सरकारवि’रूद्ध मु’द्दा दर्ता गर्न चाहेको ट्वीट गर्नुभएको थियो ।

उहाँले दाता भारतीय भएकै कारण मृगौला प्र’त्यारोपन गर्न नदिएको आ’रोपमा मु’द्दा हाल्ने बताउनु भएको छ । आदर्शले ट्वीटमा प्रदेश–२ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झालाई मेन्सन गर्दै सहयोगको अपील समेत गर्नुभएको थियो ।

आदर्शले यस भन्दा पहिले पनि आफ्नो बुवा बि’रामी भएकोबारे धेरै पटक जानकारी गराइसक्नु भएको थियो । चर्चित कलाकार मनोज गजुरेलले पनि विनादेको मृ’त्युलाई लिएर दुः ख व्यक्त गर्नुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 143 Viewed

प्रतिक्रिया दिनुहोस्