टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृ’त्यु भएको छ ।

आफैलाई पे’स्तोलले हानेको अभिनय गर्दा पेस्तोल प’ड्किएर १९ बर्षीय एक युवकको मृ’त्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृ’त्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पे’स्तोल प्र’हार गरेको र नि’धन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।

घ’टना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र श’वलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । नि’धन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ । एएनआई

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्