आइ’सोलेसन सेन्टरबाहिर ना२च ६३७७ नम्बरको एम्बुलेन्स आयो । एम्बुलेन्स कसलाई लिन आएको हो, कसैलाई थाहा थिएन । आइ’सोलेसन सेन्टरमा बस्नेहरूले सोचे– फेरि आज पनि अर्को सं’क्रमित थपिए । एम्बुलेन्स रोकियो तर कोही ओर्लेनन् ।

कसैलाई केही नसोधी चालकले एम्बुलेन्स अघि बढाउन खोजे । आइ’सोलेसनको सुरक्षामा खटिएका प्रहरीले सिटी बजाउँदै एम्बुलेन्स रोके । खासमा त्यो एम्बुलेन्स डिस्चार्ज भएका बिरामी लिन आएको थियो । यो आइतबार पौने २ बजे कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्र आइ’सोलेसनमा देखिएको दृश्य हो ।

एम्बुलेन्स आइपुगेको केहीबेरमा एक स्वास्थ्यकर्मीले माइकबाट भन्न थाले, ‘सैकाजी तण्डुकार, दिनेश तण्डुकार, सितारा थापा, उषा रानाभाट, रामप्रसाद सुवेदी डिस्चार्जका लागि तल आउनुहोस् ।’ तीमध्ये काठमाडौं बुद्धनगरका सौकाजी सबैभन्दा वृद्ध थिए । ७५ वर्षीय सौकाजीको परिवारमा ५ जना को’रोनाबाट सं’क्रमित भएका थिए । सबैभन्दा बढी अ’सर उनैलाई देखा पर्‍यो । परिवारले उनलाई कीर्तिपुरस्थित आइ’सोलेसनमा पठाए । अरू घरमै बसे । भर्ना भएको १० दिनमा उनमा ल’क्षण हरायो । ११ औं दिन अर्थात् आइतबार उनी डिस्चार्ज भएका हुन् । कुरुवा बस्न गएका छोरा दिनेशलाई पनि ल’क्षण देखिएपछि पीसीआर गर्दा पोजिटिभ देखिएको थियो । दिनेश पनि बाबुसँगै डिस्चार्ज भए । सौकाजी छोराले चलाएको मोटरसाइकलमै घर फर्किए । ‘आमालाई सुरुमा को’रोना भएको थाहा पाउँदा आ’त्तिएका थियौं । अहिले हामी सबै निको भइसक्यौं,’ दिनेशले भने ।

स्वास्थ्य मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दिनेश र सौकाजीलगायत ६ हजार ६ सय ४८ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । को’रोनालाई जितेकाहरूको एक दिनको यो संख्या हालसम्मकै बढी हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 129 Viewed

प्रतिक्रिया दिनुहोस्