पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को’रोनाभाइ’रस सं’क्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यससँगै नेपालमा कुल सं’क्रमितको संख्या ४ लाख ५५ हजार ७२ पुगेको छ ।

यस्तै, आज थप ६ हजार ६४८ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।

आज सं’क्रमणबाट थप १४५ जनाको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गु’माउनको कुल संख्या ५ हजार १ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्