आफ्नै बुबा ४७ वर्षीय नकुल बुढाको ह’त्या गरेको अभियोगमा डुङ्गेश्वर गाउँपालिका-६ डुङ्गेश्वर बजार बस्ने २१ वर्षीय विकाश बुढालाई शुक्रबार दिउँसो प्रहरीले प’क्राउ गरेको छ ।

विकाशले आफ्नै बुबालाई बन्चरो प्र’हार गर्दा ग’म्भीर घा’इते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथिल्लो ढुङ्गेश्वर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । ग’म्भीर घा’इते नकुलको स्थानिय मेडिकल डुङ्गेश्वरमा उपचारको क्रममा मृ’त्यु भएको थियो ।
मोरङ लेटाङ नगरपालिका-३ त्रिशुली चोक बस्ने २२ वर्षीय रोमन राईको ह’त्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय माटोकुरे भन्ने दिलबहादुर लिम्बुलाई शुक्रबार राति प्रहरीले प’क्राउ गरेको छ । पुरानो रिसइविको कारण सोही ठाउँ बस्ने २१ वर्षीय शुसिल दर्जी र लिम्बुले छु’रा प्र’हार गर्दा रोमन ग’म्भीर घाइ’ते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले छु’रा प्र’हार गर्नेमध्येका लिम्बुलाई प’क्राउ गरेको हो । छु’रा प्र’हारबाट ग’म्भीर घा’इते भएका रोमनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृ’त्यु भएको थियो । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।
दुवै घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 99 Viewed

प्रतिक्रिया दिनुहोस्