हप्ता दिन नहुदै फेरी अर्का पत्रकारको को’रोना सं’क्रमणबाट दु’खद नि’धन भएको छ ।

नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको को’रोना स’ङ्क्रमणका कारण ३४ वर्षको अ’ल्पायुमै नि’धन भएको हो ।

गत वैशाख १९ गते स’ङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप सम’स्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे नि’धन भएको हो ।

झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए । उनले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गरेका थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको नि’धनबाट स्त’ब्ध भएको उल्लेख गर्दै श्र’द्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्र’द्धाञ्जलि अर्पण गर्दै दि’वङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । को’रोनाकै कारण हालसम्म १३ प’त्रकारको नि’धन भएको छ भने ७५० भन्दा बढी पत्रकार स’ङ्क्रमित भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्