बागलुङमा अहिले को’भिड–१९ का सक्रिय स’ङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृ’त्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय स’ङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्र’मितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक सं’स्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा स’ङ्क्रमण दर ड’रलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही दिनमै को’रोना स’ङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृ’त्यु भयो । परिवारका अन्य सदस्य पनि स’ङ्क्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा स’ङ्क्रमण पुष्टि भयो । यसले स’ङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ ।

अन्ततः को’रोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृ’त्यु भएको छ । स’ङ्क्रमणबाट बाबाको मृ’त्यु भएको एक सातापछि दुई छोराको स’ङ्क्रमणकै कारण मृ’त्यु भएको हो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घ’टना भएको स्थानीयवासीसमेत बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृ’त्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृ’त्यु भएको थियो । उनकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृ’त्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृ’त्यु भएको छ ।

अधिकांश स’ङ्क्रमित भि’डभाडमा गएको र स्वास्थ्य सुरक्षा मा’पद’ण्ड नअपनाएका काराण बडिगाड–४ मा अ’त्यधिक मात्रामा स’ङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए । यद्यपि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मा’पद’ण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । यस क्रममै ला’परवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।

त्यसपछि सिगानामा केही मानिसमा को’रोना भाइ’रसको ल’क्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा को’रोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए । सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा स’ङ्क्रमण फैलिएको छ । “जिल्लामा स’ङ्क्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो”, जिसीले भने, “सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म स’मस्या हुन्छ, राज्यको नियम उ’ल्लङ्घन हुँदा सम’स्या हुन्छ ।”

जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण को’रोना बढी फैलिएको पाइएको छ । जिल्लामा को’रोनाको दोस्रो लहर शुरु भएर स’ङ्क्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ । को’रोना ब’ढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र ग’म्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन् ।

“को’रोना स’ङ्क्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मा’पद’ण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बे’वास्ता र ला’परवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले ड’रलाग्दो अवस्था आएको छ”, प्रजिअ कार्कीले भने, “अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै का’रबाही गरिनेछ ।”

अन्तिम पटक अध्यावधिक गरिएको 114 Viewed

प्रतिक्रिया दिनुहोस्